हेटौंडामा ट्रक र आईचर गाडिको बिचमा मोटरसाईकल च्यापियो

२०७६ जेष्ठ १,बुधबार १८:३७

मकवानपुर १ जेठ । हेटौंडाको पिपलबोट नजिकै आज सवारी दुर्घटना भएको छ । भैंसेबाट आउँदै गरेको ना ७ ख ५५५० नम्बरको ट्रीपर र सोही दिसाबाट आईरहेको ना ४ ख ५०२० नम्बरको आईचर गाडीको बिचमा मोटरसाईकल च्यापिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता सागर विक्रम राणाले जानकारी दिए ।

उनका अनुसार दुवैगाडिको बिचमा ना ३ प १४०२ नम्बरको मोटरसाईकल च्यापिएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलमा पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा दुवै गाडिका सम्बन्धित धनीले मोटरसाईकल मर्मत गर्ने सम्झौता गरेपछि उनीहरुलाई छोडिएको प्रवत्ता राणाले तु खबरलाई जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*