सुरुङमार्ग निर्माणमा चिनियाँपक्षसंग वार्ता भयो : मुख्यमन्त्री पौडेल

२०७६ जेष्ठ १,बुधबार १७:२७

मकवानपुर १ जेठ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बसेको प्रदेशसभाको बैठकमा केहीदिन अघिको चिन भ्रमणमा भएका उपलब्धीबारे जानकारी दिए ।

उनले चिनियाँ पक्षसंग भीमफेदी– काठमाडौं जोड्जे सुरुङमार्ग निर्माण कार्यलाई संचालनमा ल्याउने विषयमा चिनियाँ पक्षसंग वार्ता भएको बताए ।

उनले भने ‘ काठमाडौंमा देखिएको सवारी चाक कमलाई कम गर्न विद्युतिय सेवाको बस संचालन गर्न चिनियाँ पक्षसंग वार्ता भएको छ । ’

उनले केहिदिन अधि काठमाडौंमा चिन सरकार र ३ नम्बर प्रदेश सरकारको बिचमा चिनियाँ सरकारी पक्षसंग सम्झौता भएको पनि जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*