कर्तव्य ज्यान मुद्दाका फरार चार जना पक्राउ

२०७६ जेष्ठ १,बुधबार १७:१८

मकवानपुर १ जेठ । जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान मुद्दाका फरार रहेका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ नीलकण्ठ नगरपालिका वडा नं.१, स्यालडाडा बस्ने ४९ वर्षीय रेशम बहादुर नेवार, सोही ठाउँ बस्ने ४९ वर्षीय लाल बहादुर श्रेष्ठ, ४५ वर्षीय क्षेत्रमान श्रेष्ठ, विष्णु बहादुर श्रेष्ठ र ४८ वर्षीय झम बहादुर श्रेष्ठ रहेका छन् ।

सम्मानित धादिङ जिल्ला अदालतको मिति २०५३ साल असार ०४ गते‚ तत्कालिन पुनरवेदन अदालत पाटनको मिति २०५४ साल जेठ २७ गते र सर्वोच्च अदालतको मिति २०५९ साल चैत्र १५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका उनीहरुलाई गत वैशाख ३१ गते पक्राउ गरेको हो ।

अदालतले रेशम बहादुर नेवारलाई ३ महिना १० दिन, लाल बहादुर श्रेष्ठलाई ३ महिना १० दिन, विष्णु बहादुर श्रेष्ठ लाई ५ महिना सजाय र झम बहादुर श्रेष्ठलाई ३ महिना १० दिन सजाय सुनाएको थियो ।

धादिङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार कार्यालय धादिङमा चलान गरिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*