घुससहित चालक लिम्बु पक्राउ

२०७६ जेष्ठ १,बुधबार १६:१८

झापा, १ जेठ । प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका २ बस्ने ४२ वर्षीय रामकुमार लिम्बु रहेका छन् ।

झापाको मेचीनगर नगरपालिका–१३, चारआली चोकमा सवारीसाधनका कागजपत्र चेक जाँच गर्ने क्रममा प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७९६ नम्बरको ट्रकका चालकले सवारी चालक अनुमतिपत्रै बिना सो यातायातको साधन चलाएको ड्युटीमा रहेका प्रहरीले फेला पारेका थिए।

प्रहरीले चालक अनुमति पत्र माग्ने वित्तिकै चालकले गोजीबाट एक सयको नोट निकालेर मिलाइदिन भन्दै प्रहरीलाई अनुरोध गरेका थिए।

चालक लिम्बूलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*