गोरुको आक्रमणबाट श्रेष्ठको मृत्यु

२०७६ जेष्ठ १,बुधबार १६:०४

झापा, १ जेठ । चरनमा बाँधेको गोरुको आक्रमणले झापामा एक जनाको मृत्यु भएको छ ।

गोरुले हान्दा साविकको दुवागढी १ हाल मेचीनगर १४ का ५० वर्षीय विष्णु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

बाँधेको गोरुको किलो उखेल्ने क्रममा गोरुले आएर हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*