बजेटमा गुणस्तरीय शिक्षा व्यवस्था गर्न सरकारसँग माग

२०७६ जेष्ठ १,बुधबार १५:४१

काठमाडौं १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी आर्थिक वर्षको बजेटमा गुणस्तरीय शिक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

५५ औं विद्यार्थी एकता दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष नवीना लामाले आगामी वर्षको बजेटमा सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा घन्काइएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*