मिडिया काउन्सिल विधेयकको विरोधमा प्रेस युनियन मकवानपुरको अन्तरक्रिया

२०७६ जेष्ठ १,बुधबार १४:२२

मकवानपुर १ जेठ । स्वस्थ, स्वतन्त्र, मर्यादिन र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल विधेयक तथा प्रेश स्वतन्त्रता बिरोधी प्रावधानको विरोधमा प्रसे युनियन मकवानपुरले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

युनियन मकवानपुरले बुधबार हेटौँडामा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेश युनियनका मध्यमाञ्चल संयोजक तथा महासंघ मकवानपुर पूर्व अध्यक्षराममणि दाहालको प्रमुख आथित्यता रहेको थियो ।

पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौषल पाण्डे, भानुभक्त आचार्य, लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*