जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरका चौँलागाई पक्राउ

२०७६ जेष्ठ १,बुधबार १३:२२

मकवानपुर ०१ जेठ । प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ५, पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाई पक्राउ परेका छन् ।

चौलागाईलाई सोही नरपालिका वडा नं. २ संगमचोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार राति पक्राउ गरेको हो ।

गत शनिबार बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*