ठेकेदार कम्पनी र स्थानीयबीच मौखिक सहमति, बसामाडीको स्थिति सामान्य

२०७६ जेष्ठ १,बुधबार १३:०६

मकवानपुर १ जेठ । हेटौँडा उपमहानगरपालिका बसामाडीस्थित कर संकलन चौकीमा ठेकेदार कम्पनी र स्थानीयहरुको मौखिक सहमति भएपछि अहिले त्यहाँको स्थिती सामान्य बनेको छ । विहान कर संकलनमा समेत अवरोध गरिरहेका स्थानीयहरु र ठेकेदार कम्पनीबिच मौखिक सहमति भएपछि अहिले स्थिती सामान्य भएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

स्थानीयहरुले कर संकलन चौकी अन्य स्थानमा सिफ्ट गर्न मागगर्दै आएका थिए तर कर संकलनको जिम्मा पाएको ठेकेदार कम्पनीले आफुहरुको कर संकलन गर्ने काम सकिन लागेको भन्दै झुलाउँदै आएको थियो ।

आजबाट कर संकलनको जिम्मा पाएको ठेकेदार कम्पनीको कामको जिम्मेवारी सकिएको छ । सडक विकास बोर्डले आजबाट अर्कै ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिएको छ । पुरानो ठेकेदार कम्पनीले आफुहरु जानेबेलामा अर्के स्थानमा सिफ्ट गरेर जाने आश्वासन बाँडेपनि सो स्थानमै अर्को ठेकेदार कम्पनीले कर संकलन गर्न थालेपछि स्थानीयले विरोध गरेका हुन् ।

कर मर्मतको लागि कर संकलन गरिने स्थानकै सडक हिउँदमा धुलाम्मे हुने अनि बर्षामा हिलाम्मे हुने भएपछि स्थानीयले कर चौकी अन्यत्र सार्न माग गरेका थिए ।

ठेकेदार कम्पनी र स्थानीयबिच मौखिक सहमति जुटेपछि स्थिती सामान्य बनेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*