तु खबरका पत्रकार कालोपट्टी बाँधेर काममा

२०७६ जेष्ठ १,बुधबार १२:३१

मकवानपुर १ जेठ । संघीय सरकारले प्रेस स्वतन्त्रता र प्रेस अभिव्यक्ती हनन हुनेगरी ल्याएको विद्येयकको विरुद्धमा मकवानपुरका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ नेपालको सर्कुलर अनुसार सो विद्येयकको विरोधमा अहिले देशैभर विरोध कार्यक्रम भईरहेको छ । सोही अनुसार मकवानपुरका पत्रकारहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।आज मकवानपुरको अनलाईन पत्रिका तु खबर डकमकमा आवद्ध पत्रकारहरुले पनि कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी माग गर्दै पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कार्यस्थलमा हातमा कालोपट्टीबाँधेर विरोध गर्ने भनी केन्द्रले आह्वान गरेको थियो ।

तु खबरका सम्पादक गिरिजा अधिकारीको हातमा महासंघ मकवानपुर शाखाका कोषाध्यक्ष सुदीप शिवाकोटीले कालोपट्टी बाँधिदिएका थिए भने सम्पादक अधिकारीले अन्य पत्रकारहरुको हातमा कालोपट्टी बाँधिदिएका हुन् ।

नागरिक समाज तथा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता पक्षधरहरुले सरकारले ल्याएको विधयकको खुलेरै विरोध गरिरहेका छन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*