अपडेट : प्रदेशसभा बैठक आज २ बजे बस्ने

२०७६ जेष्ठ १,बुधबार ११:५४

मकवानपुर १ जेठ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । हिजो मंगलबार साँझ सुरु भएको बैठक ८ मिनेटमात्रै संचालन भई आज बुधबार दिउँसो बस्ने गरी स्थगित गरिएको थियो ।

अहिले नेकपा संसदीय दलको बैठक भईरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले जानकारी दिए । संसदीय दलको बैठकपश्चात प्रदेशसभा बैठक हुने उनले बताए ।

हिजोको बैठकमा ३ नम्बर प्रदेशको स्थायी राजधानी यथासीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमाथि प्रदेश नम्बर ३ का नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले समेत सर्मथन जनाएकी थिईन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*