बसामाडीस्थित कर संकलन चौकीमा स्थानीयको अवरोध

२०७६ जेष्ठ १,बुधबार ०९:२१

मकवानपुर १ जेठ । हेटौँडा उपमहानगरपालिका बसामाडीस्थित कर संकलन चौकीमा स्थानीयहरुले अहिले प्रदर्शन गरिरहेका छन् । सडक मर्मतको लागि भन्दै कर संकलन भईरहेकै स्थानको वरपर सडक भत्किएको र सो स्थानमा चौकी राख्नाले समस्या भएको भन्दै स्थानीयले चौकी अन्यत्र सार्न दवाव दिँदै विरोध जनाइरहेका छन् ।

तु खबरलाई प्राप्त जानकारी अनुसार स्थानीयले कर संकलन केन्द्रलाई कर संकलनमा समेत अवरोध गरिरहेका छन् ।

कर संकलन चौकी वरपरनै हिउँदमा धुलाम्य हुने अनि बर्षामा हिलाम्मे हुने भन्दै स्थानीयले तत्काल सडक मर्मत र, सो स्थानबाट कर संकलन चौकी अन्यत्र सार्न माग गरेका छन् ।

कर चौकीबाट सवारीसाधनको कर संकलन समेत रोकेका छन् । यसअघि पनि सो स्थानबाट कर चौकी अन्यत्र सार्न माग गर्दै स्थानीयहरु सीडिओ कार्यालयमा डेलिगेशन आएका थिए ।

पटकपटकको आग्रहलाई वेवास्ता गरेका कारण त्यहाँबाट कर चौकी कुनै हालतमा अन्य स्थानमा सार्न स्थानीयको माग छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*