मंसिरसम्ममा हेटौँडामा फोरजी चल्छ : संचारमन्त्री बाँस्कोटा

२०७६ बैशाख ३१,मंगलवार १९:५८

मकवानपुर ३१ वैशाख । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी मंसिर महिनासम्ममा हेटौंडामा फोरजी सेवा चल्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले आज हेटौँडाको डाटा सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै देशका ठूला शहरमा फोरजी ल्याउने अभियान अनुसार सरकारले हेटौंडामा फोरजी सेवा ल्याउन लागेको बताए ।

उनले हेटौँडा– काठमाण्डौ ओहोरदोहोर गर्न कान्तिलोकपथबाट गर्न सकिने गरी तयार गरिने पनि बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*