प्रदेश ३ : काँग्रेसको अवरोध तोडियो, राजधानी तोक्न प्रक्रिया अघि बढ्यो

२०७६ बैशाख ३१,मंगलवार १९:३७

मकवानपुर ३१ वैशाख । प्रदेश नम्बर ३ को आज साँझ बसेको प्रदेश सभाको बैठकमा ३ नम्बर प्रदेशको स्थायी राजधानी यथासीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव राखेका छन् । सो प्रस्तावमाथि प्रदेश नम्बर ३ का नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले समेत सर्मथन जनाएकी छिन् ।

बैठकमा कषि, भूमि, व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विद्येयक छलफलको लागि प्रस्तुत गरे । कृषि र स्वास्थ्य समितिका अध्यक्ष घनस्याम दाहालले प्रादेशिक बिउ बिजनको व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संसोधन गर्न बनेको विद्येयकको प्रतिवेदन पनि प्रस्तुत गरे ।

भोली २ बजे प्रदेशसभाको बैठक बस्नेगरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

आजको बैठक ४ बजे बस्ने भनिएपछि स्थायी राजधानीको प्रस्ताव ल्याउने विषयमा कार्य परामर्श समितिको बैठक बसेपछि समयमा बैठक सुरु हुन पाएन । ६ बजेर ४० मिनेतमा सुरु भएको बैठक ८ मिनेटमा सकियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*