हुप्रचौरमा प्याराफिट निर्माण गर्नुहुँदैन : मधु अधिकारी

२०७६ बैशाख ३१,मंगलवार १८:४०

मकवानपुर ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष एवम् केन्द्रीय सदस्य मधु अधिकारीले हेटौँडाको हुप्रचौरलाई खुल्ला चौरको रुपमा स्थापित गराउनुपर्ने बताएका छन् ।

आज तु खबरसंग कुराकानी गर्दै उनले हुप्रचौरमा भौतिक संरचना निर्माण गर्दा चौरको फैलावट घट्ने भन्दै चौरलाई खुल्ला राख्नुपर्नेमा जोड दिए ।

हुप्रचौर खुल्ला राख्दानै यसको महत्व बढ्ने अधिकारी बताउँछन् ।

उनले आफु २०६१ मा मेयर हुँदा पनि प्याराफिटको विषयमा कुरा उठेको स्मरण गरे । ‘चौर साँघुरिन्छ भनेर मैँले हुप्रचौरमा प्याराफिट निर्माण गर्न दिइन ।’ उनले भने ।

प्याराफिटमात्रै बनाउदा त धेरै साँधुरो हुन्छ अब अहिले व्यवसायिक सटरसहितको प्याराफिटको कुरो आईरहेको छ, यसो गर्दा मानिसको चहलपलह धेरै हुन्छ चौरको अस्तित्वनै धरापमा पर्छ । उनले भने ।

उनले हुप्रचौरमा पनि टुँडीखेलमा जस्तै समस्या देखिने बताए । ‘त्यसैत हुप्रचौरमा विभिन्न संरचना निर्माण गरिदैँ जाँदा साँधुरो भईरहेको छ, बाँकी बचेको चौरमा पनि फेरी प्याराफिट निर्माण गर्दा झनै अव्यवस्थित हुने देखिन्छ ।’ उनले भने ।

उनले उपमहानगरपालिकालाई हुप्रचौरमा प्याराफिट निर्माण नगरी हेटौँडाका अन्यत्र स्थानमा निर्माण गर्न सुझाए । उनले उपमहानगरपालिकाले अहिले विकास निर्माणको काममा ध्यान दिनुपर्ने भन्दै प्याराफिट तिर नअल्झन सुझाए ।

पछिल्लो समय हुप्रचौरमा प्राराफिट निर्माण गर्ने विषय हेटौँडावासीको लागि निकैनै चासोको विषय बनेको छ । उपमहानगरपालिकाको १ करोड र ३ नम्बर प्रदेश सरकारको १ करोड लगानीमा प्याराफिट निर्माण गर्ने भन्दै उपमहानगरपालिकाले टेन्डर आह्वान गरेको छ । स्थानीय र हुप्रचौर सरोकार समितिको विरोधपछि अहिले यो विषय तत्कालको लागि रोकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*