विप्लवको विद्यार्थी संगठनले जेठ ५ गते देशैभर शैक्षिक हड्ताल गर्ने

२०७६ बैशाख ३१,मंगलवार १६:३५

मकवानपुर ३१ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले वैशाख ५ गते देशैभर आम शैक्षिक हड्ताल आह्वान गरेको छ । वैशाख २७ गते जारी गरेको विज्ञीप्ती अनुसार संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकाललाई सरकारले गिरफ्तार गरी दमन गर्न खोजेको भन्दै आम शैक्षिक हड्ताल आह्वान गरिएको हो ।

संगठनका उपाध्यक्ष रुद्र भट्टराईद्वारा जारी विज्ञप्तीमा आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको छ । आन्दोलनका कार्यक्रमहरुमा जेठ १ गते देशव्यापी आन्दोलन गर्ने, जेठ ४ गते देशव्यापी जुलुस गर्ने र जेठ ५ गते आम शैक्षिक हड्ताल गर्ने उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ती

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*