नेकपाको विज्ञप्ती : पाख्रिन र अर्याललाई रिहाई नगरे कडा आन्दोलन गर्छौँ

२०७६ बैशाख ३१,मंगलवार १६:१९

मकवानपुर ३१ वैशाख । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा मकवानपुरले विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना २ जना कार्यकर्तालाई तुरुन्तै रिहाईको माग गरेको छ ।

सेक्रेटरी अनुरागद्वारा जारी विज्ञप्तीमा मकवानपुर प्रहरीले पक्राउ गरेको जिल्ला सचिवालय सदस्य सुर्य अर्याल र पार्टी सचिवालय सदस्य एवम जनसरकार प्रमुख राजकुमार पाख्रिनलाई तुरुन्तै रिहाईको माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘ हाम्रा कार्यकर्ता पक्राउ गरिएकोप्रति घोर आपत्ती छ । निसर्त रिहाईको माग गर्दछौँ ।’

विज्ञप्तीमा उल्लेख छ ‘दलाल सामाजिक फाँसिवादी केपी सरकारले जनताको गोरवशाली नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाई नेता तथा कार्यकर्ता गिरफ्तार गरि आफ्नो दलाल रबैया देखाईरहेको छ । ’

नेपाली जनताले क्रान्ती चाहेकोले अब यो सरकारको धेरै दिन बाँकी नगरहेको विज्ञप्तीमा भनिएको छ ।
प्रहरीले सोमबार दिउँसो ४ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*