आजको प्रदेशसभा बैठकमा प्रतिपक्षको अवरोध नहुने

२०७६ बैशाख ३१,मंगलवार १५:३१

मकवानपुर ३१ वैशाख । प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठक आज ४ बजे हुँदैछ । प्रमुख प्रतिपक्ष दलले हिजोको प्रदेश सभा बैठक अवरुद्ध गरेपनि आज भने प्रदेश सरकारको रणनीति हेर्ने स्रोतको जानकारी छ ।

हिजो प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश राजधानीको विषय वैठकमा प्रवेश नपाएको भन्दै संसद अवरुद्ध गरेको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशन अगावै प्रदेश राजधानीको विषय निक्र्यौल गर्ने बताएपनि बर्षे अधिवेशन सुरु भएको पहिलो दिनसम्म पनि राजधानीको विषयले प्रदेश सभा वैठकमा प्रवेश नपाएपछि संसद अवरुद्ध गरिएको हो ।

आज नेकपा संसदीय दलको बैठकले राजधानीको विषय वैठकमा छलफल गर्ने प्रस्ताव पेश गर्ने भएपछि संसद अवरोध नगरिने जानकारी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*