किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?

२०७६ बैशाख ३१,मंगलवार ०८:१५

मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् ।

कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो ।

देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ । सेन्टरको सम्पूर्ण काम सकिएकोले मन्त्री बाँस्कोटाबाट उद्घाटन गराउन लागिएको सेन्टरले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*