नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

२०७६ बैशाख ३०,सोमबार ११:०३

मकवानपुर ३० वैशाख । नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । बरालको “यता मेरो रगतले“ भन्ने बोलको गीत सार्बजनिक भएको हो ।

सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना र एन के ब्रदरको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुदाँ दुख पाएको भावलार्ई प्रस्तुत गरिएको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् ।

राम लुइटेलको निर्माणमा बनेको भिडियालाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । यस्तै भिडियालाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यबस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*