नव निर्मित प्रहरी चौकी भोर्लेनीको भवन उद्घाटन

२०७६ बैशाख ३०,सोमबार १०:४७

मकवानपुर ३० वैशाख । मकवानपुरको बागमती गाउँपालिका वडा नंं. ५ स्थित भोर्लेनिमा रहेको प्रहरी चौकी भोर्लेनी मकवानपुरको नव निर्मित भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार प्रदेश ३ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाको प्रमुख आततिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भवन निर्माणका लागी जिल्ला मकवानपुर बागमती गाउँपालिका वडा नं. ५ बस्ने निल बहादुर के.सी. र सोही ठाउँ बस्ने नारायण हुमागाईले ३ कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

भवन राष्ट्रिय पुन–निर्माण प्राधिकरण कोषबाट प्राप्त १ करोड ३५ लाख ५१ हजार ७ सय एकाशी रुपैयाँ १६ पैसा लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका विशिष्ट अतिथी बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, अतिथी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण मकवानपुरका सशस्त्र प्रहरी उपरीक्षक श्याम कोईराला लगायत स्थानिय बासिन्दाहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*