राजमार्ग फराकिलो नहुँदा दुर्घटना बढ्यो: मेयर महत

२०७६ बैशाख २९,आईतवार १५:४२

मकवानपुर २९ वैशाख । सवारी दुर्घटना धेरै हुनेगरेको भन्दै दुर्घटना न्यूनिकरणको लागि जनचेतना जगाउने उदेस्यले हेटौँडामा आज गोष्ठीको आयोजना गरिएको छ । नेपालका अधिकाँश सडकहरुमा दुर्घटनाको जोखिम बढेको र दिनहुँ मानिसको मृत्यु भएको भन्दै दुर्घटना न्यूनिकरणको लागि गोष्ठीको आयोजना गरिएको हो ।

नेपाल इन्जरी अनुसंधान केन्द्रले मकवानपुरका संचारकर्मीहरुसंग सडक दुर्घटनाको विषयमा छलफल गरी सडक सुरक्षाको लागि पत्रकारहरुले समाचारको माध्ययमबाट जनचेतना प्रवाह गर्नुपर्ने बताएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले लापरवाही ढंगले सवारी हाक्नेलाई कडा कारबाही गरेमा मात्र सवारी दुर्घटना कम हुन सक्ने बताए ।

मापसेको कारण पनि सवारी दुर्घटना बढ्ने गरेको उनी बताउँछन् ।

राजमार्गका सडक फराकिलो नहुँदा पनि सवारी दुर्घटनाको जोखिम निकै बढेको उनको भनाई छ । सडक कार्यालयले सडक निर्माण गर्छ तर, फुटपाथ निर्माण नहुँदा पैदलयात्रीहरु सडकबाटै हिड्नुपर्दा पनि सवारी दुर्घटना बढेको मेयर महतको भनाई छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*