मकवानपुर साइकिलिङ संघले गर्यो मनकामना अपहिल साइकिलिङ च्यालेन्ज २०७६

२०७६ बैशाख २८,शनिबार १७:५९

मकवानपुर २८ वैशाख । मकवानपुर जिल्ला साईक्लिङ् संघको आयोजनाका मनकामना अपहिल साईक्लिङ् च्यालेन्ज २०७६ सम्पन्न भएको छ । प्रतियोगीतामा जम्मा १६ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।
रुद्रेश्वर महादेव मन्दिर, पिप्लेकुनाबाट प्रारम्भ भएको प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मनकामना मन्दिरमा पुगेर समापन गरिएको हो ।

संघका अध्यक्ष संगित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गढि गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईँले मकवानपुर जिल्लाको प्रर्यटन प्रर्वद्धनको लागी साईक्लिङ् संघको कार्यक्रमहरुले सहयोग पु¥याउँदै आएकोमा संघलाई धन्यवाद दिए ।

उनले साईक्लिङ् खेलको विकासको लागी आवश्यक पूर्वाधार निमार्णको लागी सहयोग गर्ने धोषणा समेत गरे ।
कार्यक्रममा गढि गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, संघका पधादिकारीहरु र हेटौंडा जेसिजका कार्यकारीणी उपाध्यक्ष लिसन बस्नेतको उपश्थिती थियो ।

रेसमा २० मिनेट ३५ सेकेण्डमा रेस पुरा गरी निर्दल केरुङ्ग प्रथम भई नगद रु ९००० पुरस्कार जित्न सफल भएका थिए ,त्यस्तै २० मिनेट ५३ सेकेण्डमा रेस पुरा गरी विश्वास बिसिले दोस्रो भई नगद रु ६००० पुरस्कार जित्न सफल भएका थिए र २१ मिनेट २० सेकेण्डमा रेस पुरा गरी अजय बस्नेत तेस्रो भई नगद रु ३००० पुरस्कार जित्न सफल भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*