ज्यामिरे कालिका वनको अध्यक्षमा पुलामी निर्वाचित

२०७६ बैशाख २८,शनिबार १७:३९

मकवानपुर २८ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ९ स्थित ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहको हिजो भएको निर्वाचनको मतगणना सार्वजनिक भएको छ ।
हिजो भएको निर्वाचनमा कूल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ८७ जनाले मतदान गरेका थिए ।

मतगणना मध्ये दिपक पुलामीले ६ सय ३६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी अर्का उम्मेदवार हरिचन्द्र रिजालले ४ सय १६ मत ल्याएका थिए । त्यसैगरी ३५ मत बदर भएको थियो ।
पुलामीले रिजाललाई २१२ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचनमा पुलामी प्यानलनै निर्वाचित भएको जानकारी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*