लूट मच्चाएको भन्दै हेटौंडाका बोडिङ स्कूलमा  विप्लवनिकट विद्यार्थी संगठनले टाँसे कालो ब्यानर

२०७६ बैशाख २७,शुक्रबार १८:४७

मकवानपुर, २७ वैशाख । विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरले हेटौंडाका बोडिङ स्कूलका गेटमा बिरोध स्वरुप कालो ब्यानर टाँगेको छ । शुल्क वृद्धि फिर्ता लगायतका आफ्ना मागहरु सम्बोधन नगरे जस्तो सुकै अवस्था आउने चेतावनी पनि उसले दिएको छ ।

शुल्कमा भारी वृद्धि गर्ने, वर्षैपिच्छे चर्को शुल्क तिरेर भर्ना गर्नुपर्ने, छात्रवृद्धि विवतरण नगरी बोडिङका संचालकहरुले लूट मच्चाएको सो संगठनले जनाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष विवेक लामाले हेटौंडाको जेनिथ, वालजागृति, हेटौंडा एकेडेमी, सिद्धार्थ शिशुसदन, ज्ञानोदय वालवाटिका, लगायतका विद्यालयमा चेतावनी स्वरुप कालो ब्यानर राखिएका बताए ।  तत्काल जायज मागहरुको सम्बोधन गर्न उनले माग गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*