करको दायरा बढाउन राजस्व विभागलाई निर्देशन

२०७६ बैशाख २७,शुक्रबार १३:११

काठमाडौं २७ वैशाख । आन्तरिक राजस्व विभागलाई अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विभागलाई उक्त निर्देशन दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोडन र अनावश्यक क्षेत्रमा कर असुली नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*