काँधको जोर्नी जाम : कारण र उपचार

२०७६ बैशाख २७,शुक्रबार १३:००

कारण

यो रोगको यकिन गर्न मिल्ने खालका खासै कारण छैनन् तथापि निम्न कारणहरुलाई यो रोगको जोखिम कारक तत्व मान्न सकिन्छ।
– काँधको चोट वा शल्यक्रिया
– मधुमेह
– गर्दनको हड्डी खिइने र नशा च्याप्पिने रोग
– थाइराइडको समस्या
– उच्च तनावको स्थिति
– ४० पछिको उमेर
– बाथ रोग
– मुटुरोग
– मस्तिष्क घात
– पार्किन्सन रोग
– हातको प्लास्टर
– फोक्सोको समस्या।

लक्षण
– काँधको जोर्नी जाम हुँदा जाम भएको जोर्नी ओरिपरि पीडा हुन्छ। पीडा जोर्नी चलाउँदा झन बढ्छ।
– काँधको जोर्नीको गतिमा अवरोध पैदा हुन्छ।
– काँधको जोर्नी जाम हुँदा जाम जोर्नीमा अड्चन पैदा हुन्छ।
– पीडा बढेर काँधको जोर्नी जाम भएपछि विस्तारै जोर्नी ओरिपरिका मांसपेसीहरू सुक्न सक्छन्।

रोगका चरण
– जाम हुने चरणः यो प्रारम्भिक अवस्था हो। यस अवस्थामा असाध्यै पीडा हुन्छ र जोर्नीको क्याप्सुल बीचको तरल पदार्थ ९साइनोभियल फ्लुइड० सुक्छ। यस अवस्थामा पीडाको कारणले जोर्नी चलाउन समस्या हुन्छ। दुखाइ कम गर्ने औषधिले पनि यस चरणमा खासै असर हुँदैन।

– टाँसिने चरणः यस अवस्थामा काँध कडा हुन्छ र काँधको जोर्नीको गतिमा अवरोध पैदा हुन्छ। पीडा सामान्य रुपमा कम हुन्छ तर जोर्नी चलाउन खोज्दा धेरै दुख्छ। सामान्यतयाः यो चरण ४ देखि ९ महिनासम्म रहन सक्छ।

– प्रगलनको चरणः यस अवस्थामा विस्तारै जोर्नी जाम कम हुन्छ र सामान्यतयाः ५ देखि २६ महिनासम्म चल्नसक्छ।

परीक्षण
काँधको जोर्नी जाम हुने रोगमा डाक्टरले धेरै प्रकारका शारीरिक परीक्षण गर्ने गर्छन्। एक्स—रे, सिटी स्क्यान एवं एमआरआई जस्ता निदान विधि पनि अपनाउन सकिन्छ।

प्रचलित उपचार
उपचारको मुख्य लक्ष्य जोर्नीको रेन्ज अफ मेसन बहाल गर्नु र दुखाइ कम गर्नु हुनेछ।

– औषधोपचारः पीडा अति भएको खन्डमा दुखाइ कम गर्ने औषधिको पनि उपयोग गर्ने गरिन्छ। क्याप्सुलको सुजन कम गर्नका लागि एलोप्याथिक चिकित्सा पद्धतिमा नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग दिइने गरिन्छ तर यो पनि त्यति प्रभावकारी औषधोपचार भने होइन।

– जोर्नीभीत्र दिइने इन्जेक्सनः प्रदह कम गर्नको लागि जोर्नीको बीचमा कर्टिकोस्टेरोइडको इन्जेक्सन पनि दिइने गरिन्छ तर कर्टिकोस्टेरोइडले पनि केही समयको लागि मात्र काम गर्ने हुँदा यसको उपचारमा दीर्घकालीन प्रभाव पार्न सकेको छैन।

– बेहोस गरेर काँधलाई चलाउने अभ्यासः यो विधिद्वारा उपचार गर्दा बिरामीलाई एनेस्थेसिया दिएर बेहोस पारेर काँधको जोर्नी एकै पल्ट घुमाउने गरिन्छ।

– शल्यक्रियाः धेरै कम मामलामा गरिने अर्थोस्कोपी नामक सर्जरीपश्चात् अधिकांश बिरामीलाई राम्रो हुने गरेको छ।

प्राकृतिक उपचार
प्राकृतिक चिकित्सामा काँधको जोर्नी जाम हुने समस्याको उपचार गर्नुपर्दा सर्वप्रथम यो रोग कुन चरणमा छ भनेर ठम्याउनुपर्ने हुन्छ। रोगको चरणको आकलन गरिसकेपश्चात् रोगको कारणले उत्पन्न भएका अप्ठ्याराहरुलाई हटाउन र साइनोभिएल क्याप्सुलको प्रदाहलाई क मगनृ निम्नलिखित प्राकृतिक उपायको प्रयोग गर्ने गरिन्छः

– चिसोको सेकाइः दुखाइ सुरु भएको प्रारम्भिक दिनमा चिसोको सेकाइ गरिन्छ। सेकाइ विशेषतः बरफको माध्यमले गर्ने गरिन्छ। सेक्दा कहिले पनि बरफलाइ सिधै छालामाथि नलगाएर पहिले प्लास्टिकको थैलोमा राखी पुनः थैलोलाई कपडामा लपेटेर दुखाइ भएको स्थानमा १०–१५ मिनेटसम्म सेक्नुपर्छ। चिसोले सेक्दा काँधको दुखाइ भएको क्षेत्रबाट दुखाइ तरड्ड पैmलन रोक्ने, प्रदाह कम गर्ने र सुन्निन रोक्ने एवं कम गर्ने एकैसाथ गर्छ। सेकाइ दिनमा २÷३ पल्ट गर्दा राम्रो हुन्छ।

– तातो सेकाइः काँधको जोर्नी दुखाइ सुरु भएको प्रारम्भिक दिनमा चिसोले सेकाइ गरेको केही दिनपछि तातोको सेकाइ गर्नुपर्ने हुन्छ। तातोको सेकाइले दुखेको ठाउँ वरिपरिका मांसपेसीहरुको अड्चनलाई कम गर्छ।

तातोको सेकाइ विभिन्न तरिकाले गर्न सकिन्छः
१) तातो पानीको ब्यागले सेक्ने
२) प्याराफिन वाक्सले सेक्ने।
३) बालुवा भुटेर सेक्ने।
४) जडिबुटीको पोटलीले सेक्ने।
५) ढुङ्गा तताएर सेक्ने।
६) पात तताएर सेक्ने।
७) तातो भातले सेक्ने।
८) भुतभुतेले सेक्ने।
९) माटो तताएर सेक्ने।
१०) कमर्सिएल जेलीले सेक्ने।

– तातो पानीको स्नानः काँधको जोर्नी जाम भएकाहरुले चिसो पानीले नुहाउनु हुँदैन। आरम्भिक ४–५ दिनसम्म चिसो पानीको प्रयोग गरे पनि त्यसपछि चिसो पानीको प्रयोग छोेडेर तातो पानीले नुहाउनु पर्ने हुन्छ।

– मालिसः काँधको जोर्नी जाम भएको प्रारम्भिक दिनमा मालिस गर्नु हुँदैन तर केही दिनपछि भने नियमित मालिस गर्नुपर्ने हुन्छ। मालिस गर्दा विशेषतः मांसपेसीको अड्चन खोल्न, जोर्नीको जाम खुकुल्याउन, सुकेका मांसपेसीहरूलाई उकास्न र जोर्नीको रेन्ज–अफ–मोसन पुनः हासिल गर्ने कोसिस गरिन्छ।

– अक्युपञ्चरः पातला सुइहरूलाई शरीरका निश्चित बिन्दुहरूमा लगाएर गरिने परम्परागत उपचार पद्घतिलाई अक्युपञ्चर भनिन्छ। काँधको जोर्नी जाम हुने समस्यामा अकुपञ्चर उपचार पद्घतिको विशेष भूमिका छ।

– फिजियोथेरापीः रासायनिक औषधिहरूको प्रयोग नगरेर भौतिक पदार्थहरू जस्तै विद्युतीय तरंग, शारीरिक व्यायाम, तातो चिसोको सेकाइ, काँधको जोर्नीलाई गतिमान गर्ने क्रिया आदि पर्छन्।

– स्थानीय जलवाष्पको प्रयोगः जलवाष्पको जेटले दुखेको ठाउँ वरिपरि सेक्दा पनि यो रोगमा राम्रो फाइदा पु¥याउँछ।

– व्यायामः काँधको जोर्नी जाम हुदाँ चिकित्सकले डिजाइन गरेर दिएको विशेष प्रकारको व्यायाम एवं योगासनहरूको अभ्यास गर्ने गर्दा यो रोगमा विशेष फाइदा पुग्छ।

घरेलु उपचार

– १० ग्राम मेथीको बिजलाई राति भिजाएर छाडिदिने र बिहान हरेक दिन सेवन गर्दा पनि काँधका जोर्नी दुख्ने समस्यामा राहत मिल्छ।

– दूध र बेसारको सेवनः एक चम्चा बेसारलाई एक चम्चा महमा मिलाएर एक गिलास दूधमा घोलेर पिउने गर्दा काँधका जोर्नी दुख्ने समस्यामा विशेष राहत पु¥याउँछ।

– एप्पल साइडर भिनेगरको प्रयोगले पनि यो रोगमा फाइदा पु¥याउँछ। ३ चिया चम्चा भिनेगरलाई एक कप तातो पानीमा मिसाएर दिनको ३ चोटी खाना खानुभन्दा पहिले खाँदा जोर्नीको जाम खुल्दै जान्छ।

– ल्वाङ, मरिच, पिप्ला, लसुन, अदुवा र खोर्सार्नी जस्ता उष्णधर्मी औषधिहरूलाई गाईको घ्यूमा वा नरिवल वा तोरीको तेलमा हल्का भुटेर दुखेको ठाउँमा मालिस गर्दा पनि जोर्नीको जाम खुल्छ।

– सिस्नुको पातको प्रयोगः आधा कप तातो पानीमा १०–१५ वटा सिस्नुको पातलाई डुबाएर मजाले कुटेर चिया बनाएर पिउनाले पनि यो रोगमा फाइदा पु¥याउँछ।

– एप्सम साल्टको प्रयोगः म्याग्नेसियम सल्फेट अथवा एप्सम साल्ट मिसाएर टवबाथ लिँदा पनि काधँको जोर्नी जाम हुने समस्यामा फाइदा पु¥याउँछ।

सावधानी

१.  काँधको कुनै पनि प्रकारको दुखाइलाई हेलचेक्र्यार्इं नगरांै। दुखाइका लक्षण देखिनेवित्तिकै डाक्टरको सल्लाह लिऔं।

२. काँधको जोर्नी जामको जोखिम वर्गमा परेकाहरूले दुखाइ भएको प्रारम्भिक दिनदेखि नै दुखाइबारे विषेश सावधानी अपनाऔं।

३. दुखाइ ज्यादा भएमा हातलाई टाउकाको बराबर उचाईमा राखेर सुत्ने गर्नुहोस्। पाखुरामुनि कुसन राखेर सुत्दा पनि राहत मिल्छ।

४. जोखिम वर्गमा परेकाहरूले जोखिम कारक तत्वहरूलाई हटाउने दिशामा कार्य गर्नुपर्छ।

५. काँधको जोर्नी जाम भएकाहरूले काँधको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसर्थ बस्दा, उठ्दा, हिँड्दा, चल्दा विशेष सावधानी अपनाऔं।

६. नियमित रूपमा काँधको व्यायाम एवं स्ट्रेचिङ गरिरहने गरांै।

  • डा. हेमराज कोइराला, भरतपुर–१ स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् । यो सामग्री हामीले स्वास्थ्य खबरडटकमबाट साभार गरेका हौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*