स्कारपियोमा खैरो हेरोइन बाेक्ने मण्डल र खाँन पक्राउ

२०७६ बैशाख २७,शुक्रबार १२:१६

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका ३ बेतौनीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गएराति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो। गाडी चालक भारत कुसाकट्टा- १५ पडरिया बस्ने वर्ष २८ का सन्तोष मण्डल र गाडीमा सवार वर्ष २४ को कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बरामद लागुऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*