मनहरीको कत्ले खोलामा पुल निर्माण हुँदै

२०७६ बैशाख २५,बुधबार १८:५८

मकवानपुर २५ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित कत्ले खोलामा पुल निर्माणको काम भईरहेको छ । आज पुलको ढलान हुँदै गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले पुल निर्माणको लागि २९ लाख बजेट छुट्याएको छ । पुल उपभोक्ता समितिमार्फत निर्माण गरिँदै छ ।

मनहरी गाउँपालिका वडा नम्बर ६ को प्रतापपुरका वासिन्दा पुल नहुँदा बर्षाको समयमा निकै समस्यामा पर्ने गरेको उनले बताए ।

पुल निर्माणको काम तीव्र भईरहेको छ , जेठको २० गतेसम्ममा पुल निर्माण सकिन्छ उनले भने ।
निर्माणाधिन पुलको लम्बाई १३.८ मिटर र चौँडाइ ६ मिटर रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*