गाँजा बोक्ने एम्बुलेन्सको पछिपछि मोटरसाइकलमा को – को थिए ?

२०७६ बैशाख २४,मंगलवार २०:४०

मकवानपुर, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वैशाख २१ गते भारतीय एम्बुलेन्ससहित ६४ किलो लागू औषध गाँजा बरामद गरेको थियो ।

प्रहरी इन्सपेक्टर अरुण कुशुवाहको नेतृत्वमा खटिएको टोलीले रातोमाटे प्रहरी चेकपोष्टबाट विहान २ः५५ बजे बीआर ०५ पी ५६०५ नम्बरको सेतो भारतीय एम्बुलेन्ससहित लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो । प्रहरीले यो घटनाबारे दुई दिनपछि पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्यो ।

तु खबरले प्राप्त गरेको सूचना अनुसार, भारतीय नम्बर भएको एम्बुलेन्स पक्राउलगत्तै मोटरसाइकल र दुई व्यक्ति पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।  संगै पक्राउ गरिएका मोटरसाइकल र त्यसमा सवार दुई जनाको बारेमा भने प्रहरीले सूचना गोप्य राख्यो । हरेक घटनाको बारेमा तुरुन्तै पत्रकार सम्मेलन गर्ने प्रहरीले एकैदिन राति एकै समयमा पक्राउ गरेको एम्बुलेन्सको बारेमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्यो तर मोटरसाइकलमा सवार दुई जनाको बारेमा केही बताएन ।

एम्बुलेन्ससहित ६४ किलो गाँजा नियन्त्रणमा लिएको घटना प्रहरीले सार्वजनिक समेत गर्यो । प्रहरीले सोही समयमा एम्बुलेन्सकै पछाडिबाट एउटा मोटरसाईकलसमेत नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार लागू औषधसहितको एम्बुलेन्स स्कटिङ गरेको भन्दै ना ६३ प ९४०३ नम्बरको मोटरसाइकल र त्यसमा सवार विरगञ्ज १० का राजकुमार ठाकुर र विरगञ्ज २० का नरेश साह कानूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुको बारेमा विस्तृत अध्ययन गरेको तर गाँजा बोक्ने एम्बुलेन्ससँग कुनै कनेक्सन नदेखिएकोले सार्वजनिक मुद्धा लगाएको प्रहरी भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहका अनुसार, प्रहरीले उनीहरुको बारेमा अनुसन्धान गर्दा लागू औषध ओसार पसारमा संलग्न नदेखिएकोले सार्वजनिक मुद्धा लगाएको हो ।

प्रहरीले एम्बुलेन्स चालक र गाँजा धनीलाई भने पक्राउ गर्न सकेको छैन । यद्यपी प्रहरीले सोही दिन सोही समय एम्बुलेन्स पछाडि रहेका  मोटरसाईकल र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुबै जनामाथि सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस् –

एम्बुलेन्समा गाँजा बोक्ने तस्कर हेटौंडाबाट चप्पल फुकालेर भागेपछि…


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*