विद्युतीय गाडीका लागि काठमाडौंमा चार्जिङ स्टेशन

२०७६ बैशाख २४,मंगलवार ०७:४७

मकवानपुर २४ वैशाख । प्रदेश नम्बर ३ सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा उल्लेख गर्दै २०८० सम्म प्रदेश ३ का १३ जिल्लामै विद्युतीय गाडी संचालन गर्ने घोषणा गरेको थियो ।

प्रदेश ३ सरकारको घोषणासंगै मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय गाडी चढ्न थाले । हालसम्म मुख्यमन्त्रीका लागि विद्युतीय गाडीनै प्रयोग हुँदै आएको छ ।

मुख्यमन्त्रीले विद्युतीय गाडी चढेसंगै काठमाडौं महानगरपालिका र साझा यातायातसंगको सहकार्यमा गाडी खरिद गर्ने सहमतिसमेत भएको थियो ।

प्रदेश ३ सरकारको यो योजना सफल बनाउन ३० करोड खर्च हुने अनुमान गरेको थियो विद्युतीय गाडी भएपनि चार्जिङ स्टेशन नहुँदा समस्या हुने अनुमान गरेको प्रदेश सरकारको लागि सहजता हुने भएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उदेश्यसहित आफैंले चार्जिङ स्टेशन स्थापना भएको छ ।

हेटौंडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*