आगो लाग्दा घर जलेर २२ लाख क्षति

२०७६ बैशाख २३,सोमबार २०:२७

धादिङ, २३ वैशाख । धादिङको गंगाजमुना गाउँपालिका– ३ को गणेश गुरुङको घर र धन्सार गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आज भएको आगलागीबाट दुइ तल्ले कच्ची घर र धन्सार जलेको हो । सोलारको करेन्ट सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आगो लागेर कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार, ४ लाख नगद, २ लाख ८४ हजारको सुन, अन्नपात र लत्ताकपडा जलेर क्षति भएको छ । २२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*