मकवानपुरगढीमा भएको टावर टेलिकमले १३ बर्षपछि हटायो

२०७६ बैशाख २३,सोमबार ०७:५३

मकवानपुर २३ वैशाख । नेपाल टेलिकमले देशको पुरानो ऐतिहासिक गढीका रुपमा परिचित मकवानपुरगढीको मुख्य किल्लानजिक राखेको टावर १३ बर्षपछि हटाएको छ ।

टेलिकमको टावर राख्दा गढीको किल्ला छेकिएको थियो । टावर २०६३/६४ मा राखिएको थियो । ऐतिहासिक, धार्मीक, पुरातात्विक र पर्यटकीयस्थल छेकिने गरी कुनै सामाग्री राख्न नपाईने नियम उलङ्घन गर्दै टेलिकमले १३ बर्षअघि किल्लाभन्दा ५० मिटर पर करिब १० धुर जग्गामा १८ मिटर अग्लो टावर र १ कोठे भवन सञ्चालनमा ल्याएको थियो ।

टावर २ महिना अगाडि हटाइएको हेटिकम हेटौँडा शाखाका निमित्त प्रमुख शैलेन्द्र जोशीले जानकारी दिए ।
आजको हेटौँडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*