नाम र ठेगाना ढाँटेर नेपाली नागरिकता लिएको भन्दै ५ जना विरुद्ध जिल्ला प्रशासन मकवानपुरमा उजुरी

२०७६ बैशाख २२,आईतवार १८:१७

मकवानपुर २२ वैशाख । नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिने ५ जना विरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ ।

भारतीय नागरिकहरुले आफ्नो नाम ठेगाना ढाँटी नेपाली नागरिकता लिएको भन्दै पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् ।

भारत बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा प्रखण्ड रामगढवा डाकभर आमोदेई ग्राम पन्चायत रघुनाथपुर घर भएका ५ जनाले, हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने इव्राहिम अंसारीको छोरा बनी नेपाली नागरिकता प्राप्त गरेको भन्दै अन्सारीले आज उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा महमद जावेद अंसारी, सकिल अंसारी, एजाज अंसारी, प्रवेज अंसारीलाई प्रतिवादी बनाईएको छ ।
उनीहरुको नागरिकता खारेज गरी आवश्यक कारबाहीको माग समेत गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*