चट्याङ लागेर मकवानपुरकी पाख्रिनको मृत्यु

२०७६ बैशाख २०,शुक्रबार १५:३९

मकवानपुर २० वैशाख  । आज शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ की २७ बर्षीया फुलमाया पाख्रिन रहेकी छिन् । त्यसैगरी चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीया बृन्दा मोक्तान घाईते भएकी छिन् ।

बाख्रा चराउन गएकी मोक्तानलाई चट्याङ् लागेको थियो । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*