प्रश्नपत्र आउट गर्ने भीमफेदीका बानियाँलाई सार्वजनिक मुद्धा

२०७६ बैशाख २०,शुक्रबार १५:२१

मकवानपुर २० वैशाख । प्रश्नपत्र आउट गरेको भन्दै हिजो विहिबार हेटौंडा क्याम्पस परिक्षा केन्द्रबाट पक्राउ परेका भीमफेदी ३ घर भएका कबिर बाँनियालाई मकवानपुर प्रहरीले सार्वजनिक  मुद्धा लगाएको छ ।

बानियाँलाई सार्वजनिक मुद्धा लगाएर म्याद थप गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले तु खबरलाई जानकारी दिए ।

बानियाँ मकवानपुर बहुमुखी क्याम्पसका बिज्ञान संकायमा अध्ययनरत थिए । उनले परीक्षा दिंदै गर्दा मोवाईल प्रयोग गरी फेसबुक म्यासेन्जरबाट प्रश्नपत्र आउट गरेका थिए ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*