स्थानीय भन्छन् – जेसीबीले खनेको १२ फिटजति गहिरो खाडलमा डुबेर मोक्तानको मृत्यु

२०७६ बैशाख १८,बुधबार १६:५३

मकवानपुर, १८ वैशाख । मनहरी खोलामा डुबेर १३ वर्षीय सिर्जना मोक्तानको ज्यान गएको छ । गर्मी निकै बढेपछि पौडी खेल्न मनहरी खोला पुगेकी उनी खोला खनेर बनाइएको ठूलो तालमा डुबेकी थिइन् ।

उमेश मोक्तान र अनिता मोक्तानकी छोरी सिर्जनाको शवलाई स्थानीयले बाहिर निकालेका छन् । १२ फिटजति गहिरो तालमा उनी डुबेकी स्थानीयले बताएका छन् । स्थानीय ४/५ जना युवाहरुले शवलाई खोलाबाहिर निकालेका छन् ।

अन्दाजी १ बजेतिर मनहरी बजारमा खोलामा केही डुबेको हल्ला चलेपछि स्थानीयहरु घटनास्थल पुगेका थिए ।

खोलाको बहाव परिवर्तन गर्न जेसीबीले खनेको खाडलमा परी वालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकेश सिंहले घटनाको पुष्टि गरेका छन् ।

यो पनि पढ्नुहोस्

– मनहरी खोलामा डुबेर एक बालिकाको ज्यान गयो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*