कैलाश गाउँपालिकाको प्रथम ऐतिहासिक गाउँपरिषद् तथा शिक्षक भेला सम्पन्न

२०७६ बैशाख १८,बुधबार १६:४५

मकवानपुर १८ वैशाख । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाश गाउँपालिकाको प्रथम ऐतिहासिक गाउँपरिषद् तथा शिक्षक भेला आज बुधबार सम्पन्न भएको छ ।

शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दहालको प्रमूख आतिथ्यता एवम् अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष गोकुल लम्साल र कैलास गाउँपालिका प्रमूख टंक मोक्तानको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कैलाश गाउँपालिकाको भवानी मावि कालिकाटारमा भएको कार्यक्रममा शिक्षक संगठन पालिका अध्यक्ष खुमबहादुर मोक्तानको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा कैलास गाउँपालिका प्रमूख टंक मोक्तानले पेशागत हकहीत र सुरक्षाका निम्ति नेपाल राष्ट्रिय शिक्षक संगठनले सम्वन्धित क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएकोले यसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

परिषद्ले शिक्षकहरुसंग भएका गुनासा र त्यसको समाधानका बारेमा अन्तरक्रिया कार्यक्रम समेत गरेको शिक्षक संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए।

संगठन सदस्य बालचन्द्र मल्लले सञ्चालन गरेका कार्यक्रममा शिक्षक संगठन जिल्ला सचिव पुरुषोत्तम आचार्य, सह–कोषाध्यक्ष चन्द्रादेवी लामा बल, सदस्य भगवती श्रेष्ठ, सुनिल गौतम, सन्तोष लामिछाने, सल्लाहकार पिताम्वर बास्तोला, कैलाश गाउँपालिका उपाध्यक्ष सुकु्मायाँ थिङ, ३ नं वडा अध्यक्ष देवलाल बल, जिसस सदस्य बुद्धि बहादुर मोक्तान लगायतको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*