सृजना प्राविका बालबालिकालाई शैक्षिक सामग्री

२०७६ बैशाख १८,बुधबार १३:३५

मकवानपुर १८ वैशाख । बालकल्याण नेपाल (सीडब्लुएन) मकवानपुरले एडुका नेपालको सहयोगमा मनहरी गाउँपालिका–४, माथिल्लो मसिनेस्थित सृजना प्राविका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यालयमा अध्ययन गर्ने एक सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

स्पेनी नागरिक होसे दियाजको नेतृत्वमा रहेको एडुका नेपालले सृजना प्राविका बालबालिकालाई दिवा खाजाको पनि व्यवस्था गरेको छ । अधिकांश चेपाङ तथा तामाङ बालबालिका अध्ययन गर्ने यो विद्यालयमा जाडो याममा न्यानो कपडा पनि वितरण गर्ने गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*