बन्द गरिएको २१ दिनपछि गुपचुपमै सञ्चालन गरियो मजुवा खानी

२०७६ बैशाख १७,मंगलवार ०८:४७

मकवानपुर १७ वैशाख । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा मजुवा खानी बन्द गरिएको २१ दिनपछी बिना सहमती गुपचुप रुपमा संचालनमा ल्याइएको छ । स्थानीय वासिन्दाले पहिले गरेका सहमती कार्यन्वयन गर्नुपर्ने, खानीबाट ओभरबटम हटाएपछी मात्र खानी संचालन गर्नुपर्ने लगायतका माग राख्दै खानी बन्द गराएका थिए । तर, बिना सहमती गुपचुप रुपमा केही ब्यक्तिको स्वार्थमा खानी संचालनमा आएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

मजुवा खानी उत्खनन् गरेर चुनढुङ्गा हेटौंडा सिमेन्ट उद्योगमा ल्याउँदा हजारौ टिफर ओभरबटम त्यसै यत्रतत्र जंगलमा फालिएको थियो । त्यो ओभरबटम, माटो, काम नलाग्ने ढुङ्गाको ब्यबस्थापन गरेपछी मात्र मजुवा खानी संचालन गर्ने माग राखेका स्थानीय वासिन्दाले बिना सहमतीमै फेरी खानी उत्खनन् गर्दा गढी गाउँपालिका वडानम्बर ५ का वासिन्दामा त्रास फैलीएको छ ।
अहिले पनि मजुवा खानीमा जथाभाबि रुपमा खानी उत्खनन् गरिएको गढी गाउँपालिका वडानम्बर ५ का स्थानीय भरतप्रसाद फूयाल बताउँछन् । । खानीबाट अहिले पनि धुवाको मुस्लो आउनेगरी ओभरबटम जथाभाबि फालिएको फूयाल गुनासो गर्छन् ।

ज्यामिरेमा मजुवा खानीबाट हेटौंडा सिमेन्ट उद्योगमा लगिने चुनढुङगाका टिफर बन्द गरेर २१ दिन सम्म आन्दोलन गरेको थियो । तर, बिना सहमती खानी सञ्चालनमा आएको स्थानीय बस्ति संरक्षण समितिका सचिव इन्द्रजित देबकोटा बताउँछन् । गत चैत ४ गतेदेखि स्थानीय वासिन्दा र बस्ती संरक्षण समितिले पहिले सिमेन्ट उद्योगसंग भएका सहमती कार्यान्वयन गर्नुपर्ने, मजुवा खानीमा निकालीएको ओभरबटम तत्काल हटाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरेका थिए । तर, बिना सहमती चैत २५ गतेदेखि मजुवा खानी संचालनमा ल्याइएको छ । त्यसपछी केही दिनदेखि मजुवा खानी जथाभाबि उत्खनन् गरिएको स्थानीय वासिन्दाहरुको भनाई छ ।

आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*