न्यायका लागि जुर्मुराउन थाले भीमफेदीका महिला

२०७६ बैशाख १५,आईतवार १९:१३

मकवानपुर १५ वैशाख । न्यायमा पहुँच पराउनका लागि गाउँपालिकाका महिलाहरु जुर्मुराउन थालेका छन् ।

नारी सिप शृजना केन्द्र मकवानपुरको आयोजना तथा ओपन सोसाइटीको समन्वयमा मकवानपुरको भिमफेदी गाउँपालिकामा महिलाकोे लागि समानता र न्याय भन्ने परियोजना अन्तरगत न्यायमा महिलाको पहुँचको अबस्था बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुले न्यायमा पहुँच पुग्न नसकेको गुनासो गरेका छन् । अब न्यायमा पहुँच पुग्नका लागि स्थानीय तह लाग्नुपर्ने उनीहरुले बताएका छन् । नारी सिप शृजना केन्द्र मकवानपुरका अध्यक्ष उमा सुबेदीको अध्यक्षता तथा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्बती रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*