११ : ३० सम्म कार्यालय नखुलेपछि सेवाग्राही मारमा, कहाँ गए मनहरी २ का कर्मचारी ?

२०७६ बैशाख १५,आईतवार ११:४५

मकवानपुर १५ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ को कार्यालयमा सेवा लिन आईपुगेका सेवाग्राही ११ : ३० बजेसम्म पनि कार्यालयको बन्द गरिएको ढोका हेरेर बसिरहेका छन् । उनीहरु कर्मचारी आउलान अनि काम होला भन्दै कुरिरहेका छन् ।

कर्मचारी १० बजे कार्यालयमा हाजिर हुनैपर्छ । आपतकालिन अवस्थामा कहिलेकाँही कार्यालयको अनुमति लिएर, अनि जानकारी गराएर केही समय ढिला हाजिर हुँदा पनि हुन्छ । तर मनहरी २ का कर्मचारी कहाँ छन्, के गर्दै छन् ? वडाअध्यक्ष लाई जानकारी छैन ।

कर्मचारी नहुँदा महत्वपूर्ण काम लिएर आएका सेवाग्राही मर्कामा पर्न थालेका छन् ।
तु खबरसंग गुनासो गर्दै मनहरी २ का दिनेश लामाले भने ‘ १० बजेदेखि कार्यालयको ढोकामा कुरीरहेको छु, वडाअध्यक्ष, सचिव, कार्यालय सहायक कोही पनि छैन । जानकारी पनि छैन । ’

सिफारीस बनाउन वडा कार्यालय आएका दिनेश लामा प्रनिनिधि पात्रमात्रै हुन् । वडा कार्यालयमा ७ जनाभन्दाबढी सेवाग्राही कुरेर बसेका छन् । तु खबरले किन ११ बजेसम्म कर्मचारी, कार्यालयमा नभएको भनेर वडाअध्यक्ष  विरबहादुर (आनन्द) घलानलाई प्रश्न गर्दा उनले आफुलाई कार्यालयमा कर्मचारी नभएको बारे जानकारी नभएको बताए ।

आफु बाहिर भएको भन्दै उनले कार्यालयमा किन कर्मचारी आएनन आफुले बुझेर बताउने बताए । उनले सचिवले आफुलाई कुनै जानकारी नदिएको बताए । उनले भने ‘सचिव कानको विरामी थिए सायद जचाउँन गएकी ?’

स्रोतका अनुसार सचिव नविन पौडेल जचाउँन गएका छैनन् । तु खबरले फोन सम्पर्कमार्फत उनी कहाँ छन् भनेर जिज्ञासा राख्न फोन गर्दा उनले फोन उठाएनन् ।

कर्मचारी र जनप्रतिनिधिकै मनोमानी हुन थालेपछि मनहरी २ वासी सामान्य कामको लागि पनि घण्टौंसम्म कुर्नुपरेको छ । कर्मचारीहरुले अघिपछि पनि यस्तै गर्ने गरेको स्रोत बताउँछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*