मनहरीमा नारी सीपको एक दिने अभिमुखीकरण कार्यक्रम

२०७६ बैशाख १५,आईतवार १०:५८

मकवानपुर १५ वैशाख । मनहरी गाउँपालिकामा नारी सीप सृजना केन्द्र नेपालको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नारी सीप केन्द्रको अगुवाईमा गठन गरिएको ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति‘ लाई अझ थप प्रभावकारी र सशक्त बनाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक ज्योति भोम्जनले जानकारी दिइनन् ।

कार्यक्रममा मानव बेचविखनका कारणहरु, स्वरुपहरु र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ मा उल्लेख गरिएका कानुनी व्यवस्थाको बारेमा कार्यक्रम संयोजक ज्योति भोम्जनले सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको काम कर्तव्य र अधिकारको विषयमा अझ प्रष्ट पारेकी थिइन् । साथै मनहरी गाउँपालिकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याई मानव बेचविखन तथा ओसारपसार न्युनिकरणको लागी योजना बनाई कार्य गर्ने बताएकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*