पूर्वमन्त्री एवम् काँग्रेस नेता ताम्राकारको निधन

२०७६ बैशाख ११,बुधबार ०८:१०

काठमाडौं ११ वैशाख । पूर्वमन्त्री रामकृष्ण ताम्राकारको मंगलवार निधन भएको छ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका ताम्राकारको उपचारको क्रममा मंगलवार दिउँसो ३ः ४५ बजे निधन भएको हो ।

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए। भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*