डडेल्धुरामा विहानै बस दुर्घटना : ५ जनाको मृत्यु, २६ घाईते

२०७६ बैशाख ११,बुधबार ०७:५७

मकवानपुर ११ वैशाख । डडेल्धुराको भिदत्तराजमार्गमा आज विहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । राजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

साहुखर्क भन्ने ठाँउ नजिकै बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ।

घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*