भर्खरै : ५.२ रेक्टर स्केलको भूकम्प , हेटौंडामा पनि धक्का महसुस

२०७६ बैशाख ११,बुधबार ०७:३८

मकवानपुर ११ वैशाख । राजधानी काठमाडौं लगाएत आसपासका जिल्लामा भर्खरै भूकम्प को धक्का महसुस भएको छ । आज विहान ६ : २९ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्ष पछि ठिक अघिल्लो दिन भूकम्प जाँदा जनमानसमा त्रास पैदा भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*