श्रमिक दिवस मनाउन मूल समारोह समिति गठन

२०७६ बैशाख १०,मंगलवार १९:२५

मकवानपुर १० वैशाख । १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनकालागि नेपाली काँग्रेसको भातृ संगठन नेपाल टे«ड युनियन काँग्रेस मकवानपुरले मूल समारोह समिति गठन गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको हो । श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेपाल ट्रेड युनियन काँग्रेस ३ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईं, श्रम मजदुर विभाग प्रमुख हरि वाग्ले, प्रदेश उपाध्यक्षद्वय वीरेन्द्र लामा तथा कुमार पौडेल तथा सल्लाहकार रमेशध्वज कार्कीलगायत सहभागी थिए ।

बैठकबाट उपाध्यक्ष शर्मीला श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा अतिथि सत्कार, मुना पाठकको संयोजकत्वमा प्रचारप्रसार, आर्थिक व्यवस्थापन संयोजकत्वमा ताराकुमारी राई कार्की , वीरेन्द्रकुमार लामाको संयोजकत्वमा ¥याली व्यवस्थापन तथा युवराज लामाको संयोजकत्वमा स्वम्सेवक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बैठकले वैशाख १७ गते रक्तदान कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि युवा समिति अध्यक्ष युवराज लामा र महिला समितिका अध्यक्ष लक्ष्मी श्रेष्ठको संयुक्त संयोजकत्व तोकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*