सीपमुलक तालिम लिएका महिलाहरु उद्यमी बन्नुपर्छ : वानियाँ

२०७६ बैशाख १०,मंगलवार १९:१८

मकवानपुर १० वैशाख । महिला सशक्तीकरण गरिबी निवारण समूह नेपाललले तीन महीने सीप मुलक तालिम लिएका महीलाहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम गरेको छ ।

ब्युटीसीयन, सिलाईकटाई, र च्याउ खेती तालिम लिएका तीन सय जना महीलाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । नेपाली कांग्रेस तीन नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र वानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नेता वानियाँले सीप मुलक तालीम लिएका महीलाहरुलाई उद्यमी बन्न आग्रह गर्नुभयो । २०–२० जना महीलाहरुको समूह बनाई समुहमा वित्तीय संस्था मार्फत ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । ५ वर्ष भित्र तिर्ने गरी सस्तो ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने ब्यवस्था गर्ने नेता बानियाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला नेता, भिमसेन महत, कांग्रेस नेतृ रिता खनाल, उमा दाहाल, नेताहरु प्रदीप कोइराला भरत पराजुली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*