जब कानूनमन्त्री जम्कट्टेलको विषयमा यस्तो हल्ला चल्यो

२०७६ बैशाख १०,मंगलवार १९:०८
फाईल फोटो

मकवानपुर १० वैशाख । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल हिजोको नेकपाले घोषणा गरे अनुसार धादिङ् जिल्लाका सचिव तोकिए ।

आज एकाएक उनले सो सचिव पद अस्विकार गरेको हल्ला चल्यो । यसै विषयमा तु खबरले मन्त्री जम्कट्टेलसंग तपाईले नेकपाको धादिङ सचिव अस्विकार गरेको हो भनी जिज्ञासा राखेको थियो ।

मन्त्री जम्कट्टेलले आफुले सचिव पद अस्विकार गरेको भनी चलाईएको हल्ला गलत भएको बताए । पार्टीको निर्णय बमोजिम काम गर्ने हो, मैंले सचिव पद लिन्न भनेर अस्विकार गरेको छैन,उनले भने । उनले पार्टीले दिएको जिम्मेवारी विरुद्ध आफुले कुनै प्रतिक्रिया नदिएको समेत स्पष्ट पारे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*