मकवानपुरका नव गायक रुम्बाको पहिलो गीत ‘घर मेरो जिल्ला मकवानपुर’ रिलिज (भिडियो)

२०७६ बैशाख १०,मंगलवार १६:२३

मकवानपुर १० वैशाख । मकवानपुरका नव गायक करप रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको गीत अडियो भर्सन युट्युबबाट रिलिज गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा रुम्बाको यो पहिलो गीत हो ।

अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका हुन् ।

सानै देखि गीतसंगीतमा रुचि राखेका उनले हेटौंडा आईडलमा समेत भाग लिएका थिए । रुम्बाले पहिलो प्रयास स्वरुप सांगीतिक कोसेली भएको भन्दै सुनेर प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

कर्साङ लामाको एरेञ्ज रहेको गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*